सेनाले सिंहदरबार र राष्ट्रपति भवन जोगाउन सामान्य प्रयास समेत गरेन– मानवअधिकार आयोग
▸ यस स्टोरीको अंश: राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनमा नेपाली सेनाको कमजोरी औंल्यायो
राष्ट्रिय मानवअधिकार आयोगले भदौ २३ र २४ गतेको जेनजी आन्दोलन क्रममा भएका हिंसात्मक गतिविधि रोक्न नेपाली सेनाको उदासीन भूमिकाप्रति प्रश्न उठाएको छ। प्रतिवेदन अनुसार आन्दोलनमा भएको क्षति नियन्त्रण गर्न सेनाको भूमिकामा एकरूपता नदेखिएको, सिंहदरबार र राष्ट्रपति निवासको सुरक्षाका लागि खटिएको सेनाले सामान्य प्रयास समेत नगरेको र २४ गते राति सरकारको निर्णयबिना नै सेना परिचालन भएको अवस्थाले सेनाको भनाइमा एकरूपता नदेखिएको आयोगले औंल्याएको छ। आयोगले आमनागरिकको संरक्षणप्रतिको दायित्वलाई प्राथमिकता दिन प्रधानसेनापतिलाई निर्देशन दिन र भविष्यमा यस्ता घटना पुनः दोहोरिन नदिन नीतिगत र संस्थागत सुधार गर्न सुझाव दिएको छ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›